त्रिदेव भन्नाले ब्रह्मा, विष्णु र महेश्वरलाई बुझिन्छ । हिन्दू ग्रन्थ अनुसार ब्रह्मालाई सृष्टिकर्ता, विष्णुालाई पालनकर्ता र महेश्वरलाई संहारकर्ताको रूपमा लिइन्छ । सुष्टिकर्ता परम्पिता ब्रह्माजीले संसारको सृष्टि गरिसकेपछि पछि मानवको पनि सृष्टि गरे । मानवकै सृष्टि गर्ने क्रममा ब्रह्माजीले अहिल्या नाम गरेकी कन्याको पनि सिर्जना गरे । अहिल्या परम् सुन्दरी थिइन् । रूप र यौवनका कारण अहिल्या पूरै ब्रम्हाण्डमा चर्चित थिइन् । यो देखेर स्वयम् सृष्टिकर्ता ब्रह्माजी पनि आफ्नो सृष्टिमाथि छक्क परे । अहिल्याको सुन्दर रूप र यौवन देखेर देवताहरू समेत मोहित भएका थिए । अहिल्याको सौन्दर्यको बयान चारैतिर फैलिँदै गयो । अहिल्याको अनुपम सौन्दर्यको अवलोकन गर्न देव, दानव र मानव लालायित हुन थाले । यस्तो अवस्थाको सिर्जना भए पछि सृष्टिकर्ता ब्रह्माजीलाई आफ्नी पुत्री समानकी अहिल्यालाई पुरुषहरूको कुदृष्टिबाट बचाउनु पर्ने अवस्था आयो । त्यसैले उनले अहिल्याको नारी अस्मिताको रक्षार्थ उनको विवाह गरिदिने विचार गरे । विवाह त गरिदिने तर कोसँग ? यो प्रश्नले उनलाई सोचमग्न बनाइदियो ।  सोच्दासोच्दै उनको ध्यान गौतम ऋषितर्फ गयो । ब्रह्माजीले गौतम ऋषिसँग परम् रूपवान् अहिल्याको विवाह भएमा उनलाई कसैले पनि कुदृष्टिले हेर्न सक्दैनन् भन्ने विचार गरे । त्यसैले उनले गौतम ऋषिलाई बोलाई अहिल्यासँग विवाह बन्धनमा बाँधिन प्रस्ताव गरे । परमपिता ब्रह्माजीको प्रस्तावलाई नकार्न सक्ने कुरै भएन, प्रस्ताव स्वीकार गरियो । गौतम ऋषि र अहिल्याबीच विवाह भयो । गौतम ऋषिको आश्रम मिथिला क्षेत्रमा पर्ने ब्रह्मपुरी भन्ने ठाउँमा थियो । त्यो ठाउँ धार्मिक रूपले अत्यन्त महŒवपूर्ण थियो ।प्राकृतिक रूपले पनि अत्यन्त मनमोहक दृश्यले भरिएको थियो । त्यस स्थानको एउटा कुटीमा गौतम ऋषि र ऋषिपत्नी अहिल्या सुखपूर्वक रहन थाले । अहिल्या रूपवती भए पनि उनमा केही घमण्ड थिएन ।पतिव्रता धर्म निभाउँदै उनी आफ्ना पतिको सेवा गर्दै दिन बिताइरहेकी थिइन् । ऋषि पनि रूपवान र गुणवान पत्नी पाएकामा असाध्यै खुशी थिए । प्रकृतिले सजिएको आश्रमको वातावरणमा परमसुन्दरी नारी अहिल्याको पत्नीका रूपमा भएको आगमनले सुनमा सुगन्ध थपिएको आभास गौतम ऋषिलाई भइरहेको थियो । ऋषि बिहान सबेरै उठ्ने, नित्यकर्म गर्ने र नजिकैको जलाशयमा गएर नित्य स्नान गर्ने गर्दथे । स्नानबाट फर्केपछि पूजा आराधना तर्फ लाग्दथे । ऋषि पत्नी अहिल्या पनि सबेरै उठेर आफ्ना पतिका लागि पूजा सामग्रीको बन्दोबस्तमा लाग्ने गर्दथिन् ।

अहिल्याको विवाह भए पनि उनको सौन्दर्य कम भएको थिएन । उनको रूप र यौवन अझ बढी आकर्षक प्रतीत हुन्थयो । उनको सौन्दर्यबाट स्वयम् देवताका राजा इन्द्र समेत निकै प्रभावित भएका थिए । अहिल्याको सौन्दर्यबाट उनी अनियन्त्रित बने । अहिल्याजस्ती परमसुन्दरी नारीलाई भोग गर्ने लालसाले इन्द्रको मनमा नराम्रोसँग जरा गाडेको थियो । देवताका राजा इन्द्र जसरी भए पनि अहिल्यासँग आफ्नो कामेच्छा पूर्ति गर्न चाहन्थे । त्यसैले इन्द्र अहिल्याको आश्रममा कसरी पुग्ने र कसरी उनको भोग गर्ने भन्ने बारे अनेक उपायहरू सोचिरहन्थे । एकपटक इन्द्र चन्द्रदेवकहाँ गएर उनलाई एकरात गौतम ऋषिको आश्रम नजिकै गएर चम्केर बस्न आग्रह गरे । इन्द्रको आग्रहलाई स्वीकार गरेर चन्द्रदेव मध्यराततिर आश्रम नजिकै गएर बसे । चन्द्रदेव चम्किएर बस्दा आश्रम वरपर झिसमिसे बिहान भएको आभास मिल्यो । अहिल्या र गौतम ऋषि सोहीबेला झल्याँस्स बिउँझे । ऋषिले बिहान भयो अब स्नान गर्न जानुपर्छ भन्दै पत्नी अहिल्यासँग धोती मागे । अहिल्याले भनिन् – ‘आज अलिक छिटै बिहान भएजस्तो छ । रात बितेको पत्तै भएन, मेरो तन त निद्रादेवीकै काखमा छ ।’ उनको कुरा सुनेर ऋषि ‘त्यस्तो होइन, बिहान भइसक्यो । हामीलाई थकाइ लागेकाले त्यस्तो भएको हुनसक्छ’ भन्दै धोती लिएर नजिकैेको जलाशयमा स्नान गर्न हिँडे । गौतम ऋषि स्नान गर्न गएको मौका छोपी देवराज इन्द्रले गौतम ऋषिको भेष गरेर आश्रमभित्र छिरे । गौतम ऋषिको भेषधारण गरेका इन्द्र कुटीभित्र प्रवेश गर्ने बित्तिकै चन्द्रदेव यथास्थानमा गई बसे । भेषधारी इन्द्रको आगमनबाट अहिल्या आश्चर्यचकित भइन् । स्नान गर्न जलाशयतर्फ लागेका आफ्ना स्वामी  छिटै फर्के पछि अहिल्याले आफ्ना पति सम्झेर भेषधारी इनद्रलाई ‘किन छिटै फर्किनुभयो’ भनी प्रश्न गरिन् । आफ्ना पतिले स्नान नगरी फर्किएको अनुमान उनले लगाइन् । तर फेरि प्रश्न गर्दै भनिन् – स्वामी स्नान नै नगरी फर्कनु भएको हो ?’ अहिल्याको प्रश्नको जवाफ दिँदै भेषधारी इन्द्रले भने ‘हैन प्रिय, अहिले रातै छ, बाटो अँध्यारो छ। तिमीले भनेको कुरा सही हो, बिहान भइसकेको छैन । त्यसैले म बीचबाटोबाटै फर्किउर आएँ ।’ यति भन्दै भेषधारी इन्द्र ओछ्यानमा गएर बसे । अहिल्यालाई इन्द्रले छल गर्न लागेको कुरा थाहा थिएन । उनले आफ्नै श्रीमान् गौतम ऋषि ठानेकी थिइन् । इन्द्रले अहिल्यालाई आफ्नो समीपमा बस्न भने । अहिल्यासँग अनेक तरहका मीठा कुरा गर्दै इन्द्रले उनलाई फकाए, फुल्याए । भेषधारी इन्द्रले आफूलाई कामेच्छा भएको कुरा अहिल्यालाई भने । तर अहिल्याले यौनका लागि उपयुक्त समय यो होइन भनिन् । उनी संसर्गका लागि तयार थिइनन् । तर भेषधारी इन्द्रले त्यही कामका लागि आफूहरू सबेरै बिउँझिएको कुरा गर्दै फकाउन थाले । फकाउँदा नमाने पछि इन्द्रले रिसाएको बहाना गरे । त्यसपछि बाध्य भएर अहिल्या संसर्गका लागि तयार भइन् । भेषधारी इन्द्र र अहिल्या दुवै यौन सम्पर्कमा मस्त थिए । गौतम ऋषिको भेषधारी इन्द्रले आफ्नो ह्दयमा रहेको कामेच्छा पूरा गरे । अहिल्यासँग आनन्दपूर्वक यौन कार्यमा सक्रिय भए, भोग गरे । दुवै जना सम्भोगलिन थिए, कुनै होश थिएन । त्यसैबेला स्नान गर्न गएका गौतम ऋषि आफ्नो कमण्डलु बिर्सिएकाले आश्रम फर्के । उनले ढोका ढक्ढक्याए तर ढोका खोलिएन । त्यसपछि किन ढोका खोलिएन भनेर कुटीको सानो प्वालबाट उनले भित्र चियाएर हेरे । उनले भित्र अनर्थको दृश्य देखे । आफ्नी पत्नी परपुरुषसँग आफ्नो बिस्तरामा सुतिरहेको दृश्य देखेपछि गौतम ऋषि रिसले आगो भए । उनले ढोकाको चुकुल खुस्कने गरेर ढोकामा हाने र भित्र छिरे । भित्र पसेर उनले प्रत्यक्षरूपमा आफ्नी श्रीमती परपुरुषसँग सुतिरहेको दृश्य देखे । उक्त परपुरुष आफ्नै भेष बदलेर आएको कुरा पनि उनले देखे । ऋषिको क्रोधले सीमा नाघ्यो । उनले ध्यानदृष्टिले हेरे । ध्यानदृष्टिले हेर्दा भेषधारी देवराज इन्द्र भएको कुरा ऋषिले थाहा पाए । यता अहिल्या के गरूँ के नगरूँको अवस्थामा थिइन् । आफ्नो अगाडि आफ्ना स्वामी गौतम ऋषिको दुई–दुई स्वरूप देखेर किंकर्तव्यविमूढको अवस्थामा उनी थिइन् । त्यसैबेला गौतम ऋषिको क्रोध देखेर डराएका देवराज इन्द्रले आफ्नो वास्तविक रूपमा आई ऋषिसँग आफ्नो अपराधका लागि क्षमा मागे । तर गौतम ऋषिले भने– ‘हे पापिष्ट इन्द्र “तिमीले देवताका राजा भएर आफ्नो मर्यादा नाघ्यौ, मर्यादा तोड्यौ । अर्काकी स्त्रीगमन ग¥यौ । तिमीले ठूलो अपराध ग¥यौ । मेरी पत्नी अहिल्यासँग सुत्यौ, अनैतिक सम्बन्ध राख्यौ । मेरो इज्जतमाथि हात हाल्यौ । यो तिम्रो पापकर्म क्षमायोग्य छैन । त्यसैले यसको सजायँ तिमीले पाउनै पर्छ र पाउँछौ पनि ।” आफ्नो इज्जतमाथि छलपूर्वक दाग लगाएकोमा क्रोधित बनेका गौतम ऋषिले इन्द्रलाई श्राप दिँदै भने– ‘हे पापीष्ट इन्द्र “तिमीले ठूलो अपराध गरेका छौ । परस्त्रीगमन गर्नुजस्तो महापाप ग¥यौ । त्यसैले तिमीले जुन चीजलाई लोभ गरी यस्तो अमर्यादित काम ग¥यौ त्यस्तो हजारौँ चीज (योनी) तिम्रो शरीरभरि उत्पत्ति होस् ।” यति भन्ने बित्तिकै गौतम ऋषिको श्राप पाएका इनद्रको शरीरभरि हजारौँ योनीहरूको उत्पत्ति भयो ।

त्यसबेलासम्म अहिल्यालाई आफूसँग संसर्ग गर्ने आफ्नो पति नभई भेषधारी इन्द्र भएको कुरा थाहा भइसकेको थियो । उनलाई ग्लानि भयो । आफ्नो शरीरलाई पापी इन्द्रले अपवित्र बनाइदिएको र आफू छलिएकोमा आफ्नो दोष छैन भन्दै रुँदै पति गौतम ऋषिको पाउ परी माफी मागिन् । गौतम ऋषि क्रोधमा थिए । उनले आफ्नी पत्नीलाई पनि परपुरुषसँग अनैतिक सम्बन्ध गाँसेकाले विवेकहीन शीला (ढुड्डा) बनोस् भनी श्राप दिए । आफ्ना श्रीमान्बाट आफू पनि श्रापित भएपछि अहिल्याले भनिन् –‘मेरा लागि तपाईँ नै पति परमेश्वर हुनुहुन्छ । इन्द्र भेष बदलेर आएको मलाई थाहा भएन, म छलिएँ । त्यसमा मेरो केही दोष छैन । हजुरले कृपा गरी मलाई दिएको श्राप फिर्ता लिनुहोस् ।’ अहिल्याको कारुणिक कुरा सुनेर गौतम ऋषिले भने–‘हे अहिल्या, मैले दिएको श्राप फिर्ता लिन मिल्दैन । त्रेता युगमा अयोध्याका राजा दशरथका छोराका रूपमा भगवान श्रीरामको जन्म हुनेछ । उनै श्रीरामको चरणकमलको स्पर्शबाट तिमी पापबाट मुक्त हुनेछौ र आफ्नो वास्तविक स्वरूप तिमीले पुनः पाउने छौ ।’ यति भनेपछि अहिल्या शिलामा परिणत भइन् ।

उता देवताका राजा इन्द्र गौतम ऋषिको श्राप पाएपछि आफ्नो श्रापित शरीर लिएर लुक्दै हिँड्न थाले । यस्तो सुन्दर देह एकाएक योनीक्षेत्रमा परिवर्तन भएपछि इन्द्र लाजले भुतुक्क भए । उनले शरीर कसैलाई पनि देखाउन लायकको रहेन । त्यसैले उनी स्वर्गमा जान सकेनन् । उनी पृथ्वीलोककै जड्डलमा लुकेर बस्न थाले । आफूले गरेको पापकर्मको फल कसैले थाहा नपाओस्र भन्ने हेतुले देवराज लामो समयसम्म लुकेर बसिरहे । उता स्वर्गलोकमा धेरै समयसम्म राजाको अनुपस्थितिले खैलाबैला मच्चियो । देवताहरू नानाथरीका कुरा गर्न थाले । यस्तो परिस्थितिमा इन्द्रकी पत्नी सची देवताहरूका गुरु बृहस्पतिको शरणमा गइन् । इन्द्रपत्नी इन्द्रायणीले देवराज इन्द्र लामो समयदेखि स्वर्गलोकमा अनुपस्थित रहेको र राजाको अनुपस्थितिका कारण देवलोकमा खैलाबैला मच्चिएको छ भन्दै देवराज इन्द्रलाई कसरी पुनः देवलोक पर्काउन सकिन्छ, देवराज इन्द्र कहाँ छन्, कुन हालतमा छन् भनी प्रश्न गरिन् । सचीको प्रश्नलाई शान्त पार्दै गुरु बृहस्पतिले आफूले ध्यान दृष्टिले इन्द्रका बारेमा पत्ता लगाउने आश्वासन दिए । एकैछिनमा बृहस्पति ध्यानमग्न भए । केही समयको ध्यानपछि उनले आफ्ना आँखा खोले । त्यो समयमा गुरु बृहस्पतिको मुहार मलिन थियो । उनका ओठबाट शब्द निस्कन सकेन । गुरुको यस्तो निराश र मलिन अनुहार देखेर इन्द्रायणी हडबडाइन् । उनको अनुहारमा चिन्ताका भावहरू सल्बलाउन थाले । इन्द्रपत्नीले गुरु बृहस्पतिलाई इन्द्रका बारेमा ध्यानदृष्टिबाट देखिएको कुरा बताउन अनुरोध गरिन् । उनको आग्रह बमोजिम बृहस्पतिले राजा इन्द्रको अवस्था बडो दयनीय भएको कुरा बताए । आफ्नो कुकर्मका कारण उनको शरीरभरि हजारौँ स्त्री गुप्ताड्ड (योनी) उत्पत्ति भएकाले लज्जावश इन्द्र महाराज पृथ्वीलोकको एउटा जड्डलमा लुकेर बसेको कुरा बृहस्पतिले इन्द्रपत्नीलाई बताए । उनले सचीलाई इन्द्रले अहिल्यासँग पापकर्म गरेको घटनादेखि गौतम ऋषिको श्राप पाएको र श्रापित भएपछि मुख देखाउन लाज भएर जड्डलमा लुकेर बसेको घटना सुनाए । सम्पूर्ण घटना सुनेपछि सची छाँगाबाट खसेझैँ भइन् । आफ्ना पतिले परस्त्रीसँग सम्बन्ध राखेको कुरा थाहा पाएपछि इन्द्रायणी दुःखी भइन् । तर पनि राज्य चलाउने अभिभारा बोकेका राजा इन्द्रको त्यसप्रकारको मार्मिक अवस्था बारे थाहा पाएर इन्द्रप्रति उनको ह्दयमा दयाको सागर उर्लियो । आफ्ना पतिले आफूप्रति गरेको अन्यायभन्दा पनि स्वर्गलोकको राज्य सुसञ्चालन गर्ने कार्यलाई उनले महŒवपूर्ण ठानिन् । त्यसपछि गुरु बृहस्पतिलाई इन्द्र भएको ठाउँमा आफूलाई लिएर जान आग्रह गरिन् । गुरु बृहस्पति पनि देवी सचीलाई सँगै लिएर स्वर्गलोकबाट पृथ्वीलोकतिर प्रस्थान गरे । उनीहरू दुवै केही समयको यात्रापछि इन्द्र भएको ठाउँमा आइपुगे । आफ्ना गुरु बृहस्पति र पत्नी इन्द्रायणीलाई देख्ने बित्तिकै देवराज इन्द्र लाजले पानीपानी  भए । उनले आफ्नो शिर ठाडो बनाउन सकेनन् । इन्द्रको त्यस किसिमको यौनपिपाषु कर्म देखेर सची दुखित भइन् र रिसाइन् पनि । उनले इन्द्रलाई भनिन्–‘तपाईँ स्वर्गका राजा भएर पनि यस्तो अनैतिक काम गर्दै हिँड्ने ? अरूलाई न्याय दिनुपर्ने राजा आफैँ यस्तो कर्ममा लिप्त हुने ? व्यभिचारी बन्नु पाप हा, के तपाईँलाई यसको ज्ञान थिएन ? परमपिता ब्रह्माजीद्वारा सिर्जित सम्पूर्ण प्राणीहरूको इज्जत बचाउनु पर्ने जिम्मेवारी पाउनु भएका तपाईँ आफैँ यस्तो घृणित कार्यमा लाग्नु अनुचित छैन ?’ आफ्नी पत्नीको प्रश्नको जवाफमा देवराज इन्द्रले एक शब्द पनि बोलेनन् । उनको अनुहार पश्चातापको भावले ग्रस्त देखिन्थ्यो । इन्द्रलाई आफ्नो गल्तीको महसुस भइसकेको थियो । उश्चातापको आगोमा जल्दै गरेका आफ्ना पति इन्द्रलाई देखेर सचीले गुरु बृहस्पतिसँग इन्द्रले गरेको पापबाट कसरी मुक्त गराउन सकिन्छ भन्ने सल्लाह मागिन् । गुरु बृहस्पतिले पनि सल्लाह दिँदै भने–‘यो बडो दुःखको कुरा हो कि देवताका राजाले समेत कुकर्म गरे । तर अब दुःख मनाउ गरेर मात्र केही हुँदैन । त्यसैले यो पापबाट मुक्त हुने एउटै उपाय छ । त्यो उपाय हो– महादेवको तपस्या ।’ गुरु बृहस्पतिले फेरि थपे–‘पृथ्वीमा एउटा महŒवपूर्ण स्थल छ । लीलावती र पद्मावती नामका दुई नदी छन् । ती दुवै नदीको संगमस्थल कुञ्जगिरी पर्वतको फेदमा अवस्थित छ । ती दुवै नदीको बीचमा सम्म मैदान छ । त्यो ठाउँमा गएर महादेवको लिड्ड स्थापना गरेर नदीमा नित्य स्नान गरी १२ सय वर्षसम्म तपस्या गर्नू ।’ त्यस्तै इन्द्रपत्नी सचीलाई पनि उनले देवी पार्वतीको तपस्या गर्न सल्लाह दिए । देवी पार्वतीको तपस्याबाट देवराज इन्द्रको पापमोचनमा महŒवपूर्ण भूमिका रहने छ भन्ने कुरा पनि बताए ।

गुरु बृहस्पतिले पापमोचनको उपाय बताए पछि इन्द्रदम्पत्ति कुञ्जगिरि पर्वतको फेदमा रहेको दुई नदीको संगमस्थलको खोजी गर्न थाले । अन्ततः इन्द्र र सची लीलावती र पद्मावतीको संगमस्थल आइपुगे । उनीहरूले नदीमा स्नान गरी भक्तिपूर्वक शिवलिड्डको स्थापना गरे । शिवलिड्डको स्थापनापछि देवराज इन्द्रले महादेवको तपस्या गर्न थाले भने सचीले देवी पार्वतीको तपस्या गर्न थालिन् । यी दम्पत्तिले निरन्तर तपस्या गर्दै रहे । एकदिन अचानक सचीको तपस्याबाट खुशी भएर देवी पार्वती नदीको रूप लिएर कुञ्जगिरि पर्वतको फेदबाट बग्न थालिन् । देवी पार्वतीस्वरूप रूद्रावती नामक नदीको सृष्टि भएकोमा सची अत्यन्त हर्षित भइन् । सचीको तपस्याबाट प्रसन्न भई सृष्टि भएको नदी रूद्रावती लीलावती र पद्मावतीसँग मिलेपछि सची तीर्थको सृष्टि भयो । देवी सचीको तपस्याको फलस्वरूप सृष्टि भएको नदी रूद्रावतीलाई ३२ लक्षणले युक्त मानिसले मात्र देख्न सक्छ भन्ने जनविश्वास रहेको छ ।

देवराज इन्द्रले नित्य स्नान गरी, पूजा आराधना गरी निरन्तर १२ सय वर्षसम्म महादेवको तपस्या गरे । उनको तपस्याबाट महादेव प्रसन्न भई इन्द्रलाई प्रत्यक्ष दर्शन दिए । आफूले महादवको दर्शन पाएपछि इन्द्र ज्यादै खुशी भए । महादेवले देवराज इन्द्रलाई तपस्याबाट आफू प्रसन्न भएको कुरा बताउँदै वरदान माग्न भने । महादेवको कृपालु वचन सुनेपछि देवराज इन्द्रले भने–‘भगवान्, मैले परस्त्रीमाथि आँखा गाडेँ, पापकर्म गरेँ । त्यो पापको फलस्वरूप मेरो शरीरको यो हालत भयो । हजारौँ योनीहरूमा मेरो शरीर बदलियो । मलाई हजुरले यसबाट मुक्ति दिलाई कृपा गर्नुहोस् ।’ देवराज इन्द्रको प्रार्थना सुनेपछि महादेवले भने– ‘यस प्रकारको अनुचित कार्य स्वर्गका राजा इन्द्रका लागि सुहाउने कुरा होइन । तथापि तिमीले आफ्नो कुकर्मको फल पायौ । आफ्नो अपवित्र कार्यप्रति तिमीलाई ग्लानि पनि छ । तिमीले निरन्तर १२ सय वर्षसम्म मेरो तपस्या ग¥यौ । म प्रसन्न छु ।’ महादेवले थपे–‘हे इन्द्र ¤ तिमीले तपस्या गरेको ठाउँमा लीलावती र पद्मावतीको संगमस्थलमा तिम्री पत्नी सचीको तपस्याको फलस्वरूप देवी पार्वती रूद्रावती नदीको रूपमा प्रकट भई सची तीर्थको सृष्टि भएको छ । त्यहाँ गई स्नान गर्नू, तिमी पापबाट मुक्त हुनछौ ।’ यति भनेर महादेव अलप भए ।

त्यसपछि इन्द्र र सची दुवैले तीनवटा नदी लिलावती, पद्मावती र रूद्रावतीको संगमस्थलमा गई स्नान गरे । त्यहाँ स्नान गर्ने बित्तिकै पवित्र तीर्थस्थलको प्रतापले इन्द्रको शरीरका सम्पूर्ण योनीहरू बिलाएर गए । आफू पापबाट मुक्त भएपछि इन्द्रले आफूले बनाएको शिवलिड्डमा पूजा गरी भगवान शिवको आराधना गरे । आफूले प्रतिस्था गरेको शिवलिड्डमा नित्य पूजा आराधना होस् भन्ने भावना देवराज इन्द्रको मनमा पलायो । त्यसैले उनले आफूले पापबाट मोक्ष प्राप्त गरेको त्रिवेणी नदीको तटमा मानव बस्ती बसाल्ने विचार गरे । त्यसबेला त्रिवेणीबीचको भाग सानो चौरजस्तो मात्रै थियो । मानवबस्ती बसाल्नका लागि त्यो ठाउँ अपूग थियो । त्यसैले देवराज इन्द्रले त्रिवेणी संगममा रहेका तीनवटा नदीहरूको आराधना गरे । तीनैवटा नदीलाई आफ्नो स्थान छोडी केही पर हटिदिन अनुरोध गरे । देवराज इन्द्रको अनुरोध बमोजिम लिलावती, पद्मावती र गुप्तरूपमा बहने रूद्रावती तीनैवटा नदीले आ–आफ्नो ठाउँबाट केही पर हटेर बस्ती बसाल्न पुग्ने जमिन छोडिदिए । बस्ती बसाल्न उपयुक्त ठाउँ भएपछि इन्द्रदेव खुशी भए । उक्त ठाउँको नाम पनि पवित्र तीन नदीहरूकै नामबाट राख्न पाए राम्रो हुने कुरा देवराजले बताए र उनको कुरा सुन्ने बित्तिकै तीनैवटा नदीले आ–आफ्नो नामबाट उक्त स्थानको नाम राख्न पाए हुने इच्छा प्रकट गरे । इन्द्रलाई बस्तीको नामकरण गर्न गाह्रो भयो । त्यसैबेला उनले एउटा जुक्ति निकाले । उनले तीनवटै नदीको नामबाट एउटा एउटा अक्षर झिकेर स्थापित बस्तीको तीन अक्षरे नामकरण गरे । जसअनुसार पद्मावतीको पहिलो अक्षर प, लिलावतीको दोस्रो अक्षर ला र रूद्रावतीको अन्तिम अक्षर ती निकालेर ‘पलाती’ भन्ने नाम राखियो ।

देवराज इन्द्रले बस्ती बसाले पछि त्रिवेणीमा बास गर्ने बासुकी नागलाई नगरको जिम्मा सुम्पे । इन्द्रद्वारा बसालिएको नगरलाई आफूले स्थापित गरेको महादेवको शिवलिड्डले रक्षा गर्छ भन्दै यो ठाउँ पवित्र धार्मिक स्थल भएकाले यसको महिमा ठूलो भएको कुरा इन्द्रले बताए । उनले भने –यो स्थल पवित्र छ । कालान्तरमा यसको ख्याति बढ्दै जाने छ । यहाँको जलको स्पर्शबाट मात्र पनि जन्मभर गरेको पापकर्मबाट मोक्ष मिल्दछ । यस्तो स्थलमा प्रत्येक बाह्र वर्षको एकपल्ट माघ महिनाभर मकर मेला लाग्ने छ । मेला लाग्दा मेला भर्न आएमा जान–अन्जानमा गरेको कुकर्मको पापबाट मुक्ति मिल्दछ ।’ त्यसैले त्यसबेलादेखि बासुकी नागराजा पनौतीका रक्षक हुन् भन्ने जनविश्वास हालसम्म पनि कायम छ ।

देवराज इन्द्र र सचीले आफूद्वारा स्थापित शिवलिड्डको नित्य पूजा गर्ने व्यवस्था मिलाई दिएपछि पुनः शिवलिड्डको पूजा अर्चना गरे । त्यसबेला स्वर्गबाट पुष्पवृष्टि भयो । स्वर्गका गन्धर्व गन्धर्वीहरू विभिन्न बाजा बजाई नाचगान गर्दै पृथ्वीलोकको त्रिवेणी संगमस्थल पनौतीमा रहेका आफ्ना राजा र रानीलाई लिन आए । त्यसपछि देवराज इन्द्र र रानी सची आफ्नो दीव्यरथमा बसी स्वर्गतिर लागे ।

देवराज इन्द्रले स्थापना गरेको शिवलिड्ड कालान्तरमा इन्द्रेश्वर महादेवका नामले प्रसिद्ध भयो । त्यस्तै गौतम ऋषिको श्रापबाट शिला (ढुड्डा) मा परिणत भएकी अहिल्या पनि त्रेतायुगमा भगवान श्रीरामको चरणकमलको स्पर्शबाट पापमुक्त भइन् भन्ने आख्यान छ ।

यसरी देवताका राजाले समेत पापबाट मुक्ति पाएको यो पावनधामको कीर्ति क्रमशः फैलिँदै गयो । पनौतीको त्रिवेणीघाटलाई सचीतीर्थ पनि भनिन्छ । यसको धार्मिक महŒव मानिसहरूले बुझ्दै गए र यहाँ बाह्र वर्षे मकरमेला भर्न मानिसहरू आउन थाले । पौराणिक कालदेखि नै थालनी भएको धार्मिक विश्वास रहेको मकर मेला भर्न लाखौँ भक्तजनहरू आउने गर्दछन् ।

देवराज इन्द्रसँग सम्बन्धित यो किंवदन्तीको मकरमेलासँग नजिकैको सम्बन्ध रहेको देखिन्छ । यस किंवदन्ती अनुसार राजा इन्द्रले अहिल्यासँग अनैतिक सम्बन्ध गाँसेपछि श्रापित भएर जड्डलमा लुकेर बस्दा उनले गरेको कर्मको फलबाट मुक्ति दिलाउने उपाय गुरु बृहस्पतिले बताएका थिए । देवगुरु बृहस्पतिको सल्लाहबमोजिम इन्द्रले मोक्ष पाएका थिए भने यो बाह्र वर्षको एक पटक मनाइने मकरमेला पनि बृहस्पति मकर राशीमा गएर बसेपछि प्रारम्भ हुने गर्दछ । किंवदन्तीमा इन्द्रको पापमोचनमा गुरु बृहस्पतिको प्रमुख एवम् महŒवपूर्ण भूमिका रहनु र मकरमेलामा पनि बृहस्पति मकरराशीमा प्रवेश भएपछि प्रारम्भ हुनु अवश्य पनि संयोग मात्र मान्न सकिन्न । त्यस्तै किंवदन्तीलाई विवेचनात्मक दृष्टिले हेर्दा किंवदन्ती अनुसार यस स्थानको नाम ‘पलाती’ जुन रहन गएको छ, त्यो नाम पनौतीको वर्तमान नामसँग ज्यादै नजिक छ । पनौतीलाई अहिले पनि नेपाल भाषामा ‘पलाँती’ भन्ने गरिन्छ । ‘पनौती’ शब्द त्यही ‘पलाँती’ शब्दबाट अप्रभंश भई धेरै पछि विकसित भएको हुनुपर्दछ । त्यही ‘पलाती’ शब्दलाई पछि गएर मानिसहरूले ‘पलाँती’ भन्न थालेको अनुमान लगाउन सकिन्छ । यो अनुमान तर्कसंगत पनि देखिन्छ । देवराज इन्द्रले नयाँ बस्ती बसालेपछि बस्तीको नाम ‘पलाती’ राखिएको भन्ने कुरा किंवदन्तीमा उल्लेख छ । उक्त ‘पलाती’ शब्दलाई अथ्र्याउन खोज्दा नेपाल भाषतिर प्रवेश गर्नुपर्ने हुन्छ । नेपाल भाषामा ‘पलाती’ को शाब्दिक अर्थ ‘पाइला टेक्नु’ भन्ने हुन्छ । देवताका राजा इन्द्रले समेत आफूले गरेको पापकर्मबाट मोक्ष प्राप्त गरेको ठाउँ भएकाले किंवदन्तीलाई नै आधार मानेर हेर्दा एकपल्ट पाइला राख्नै पर्ने ठाउँ भएकाले देवराज इन्द्रले यो ठाउँको नाम ‘पलाती’  राखेको हो कि भन्ने अनुमान लगाउन सकिन्छ ।

सतहीरूपमा हेर्दा प्रस्तुत किंवदन्ती कसै–कसैका लागि अश्लीलजस्तो लाग्न सक्दछ । तर यो किंवदन्ती अश्लील होइन। प्रस्तुत किंवदन्तीले मर्यादित र नैतिक यौनको वकालत गरेको छ । इन्द्रदेव देवताहरूका राजा हुन् । देवताका राजाले परस्त्रीगमन गर्दा उसको शरीर नै योनीमय बन्यो । अरूसँग अनैतिक सम्बन्ध गाँसेको अपराधको सजायँ देवताका राजा इन्द्रले समेत पाए भने मानवले नपाउने कुरै भएन । त्यसैले परनारीमाथि व्यभिचारी दृष्टिले हेर्नु गलत छ, परस्त्रीको भोग गर्नु अक्षम्य पाप हो । त्यसैले त्यस्तो अनैतिक यौनकार्यमा लाग्न नहुने र मर्यादित बन्नु पर्ने सन्देश प्रस्तुत किंवदन्तीले दिएको छ । देवराज इन्द्रलाई अहिल्यासँग अनैतिक सम्बन्ध राखेको पापमात्र लागेको होइन । उनलाई गौतम ऋषि र अहिल्याको सुखी दाम्पत्य जीवनमा वासनाको आगो लगाई तहसनहस गरिदिएको पाप पनि लागेको कारणले किंवदन्ती अनुसार १२ सय वर्षसम्म योनीहरूले भरिएको शरीर लिएर बस्नु परेको हो । त्यसैले जीवनलाई सत्मार्गमा दोहो¥याउनु पर्ने भाव प्रस्तुत किंवदन्तीले बोकेको छ ।