पनौती


पनौती नगर, नेपाल राज्यको एक पुरानो सहर ।

स्वच्छ हावा, चारैतिरको हरियाली अनि पुरातात्विक शहरको रुपमा परिचित यस नगर राजधानी काठमाडौंबाट दक्षिण पूर्वमा ३२ कि.मि.को दूरीमा रहेको छ । विश्व सम्पदा सूचिमा सुचिकृत हुन प्रस्तावित यस नगरको आफ्नै मौलिक विशेषता र महत्व रहेको छ ।

बासुकी नागको बासस्थान, अष्टमातृकाले चारैतिरबाट सुरक्षा प्रदान गरिएको यस साँस्कृतिक नगर एउटै ढुङ्गामा अवस्थित भएकै कारण १९९० सालको महाभूकम्प र २०७२ सालको महाभूकम्पमा पनि यस सहरमा क्षति हुन सकेन । राजकुमार महासत्व (गौतम बुद्धको पूर्वजन्म)को जन्मस्थल समेत रहेको यस नगरमा विभिन्न प्रख्यात मठ मन्दिरहरु रहेका छन् । जसमध्ये पनौती नगरपालिका वडा नं. ७ मा रहेको इन्द्रेश्वर महादेव, उन्मत्त भैरव, तुला नारायण, बंशगोपाल मन्दिर, राम मन्दिर, ब्रम्हायणी मन्दिर, बद्रीनाथ, केदारनारायण, भद्रकाली, महालक्ष्मी आदि प्रमुख हुन् । त्यस्तै नगरपालिका भित्रका विभिन्न वडाहरुमा अवस्थित प्रख्यात मठ मन्दिरहरु मध्ये वडा नं. १२ मा रहेको प्रसिद्ध, धार्मिक एवं पवित्र भालेश्वर महादेवको मन्दिर, वडा नं. ११ मा रहेको लड्केश्वर महादेवको मन्दिर तथा कमलादेवीको मन्दिर, वडा नं. १० मा अवस्थित रंगनाथ मन्दिर, द्रोपदा मन्दिर, फड्केश्वर महादेवको मन्दिर, वडा नं. ९ मा अवस्थित शारदा माई, जाकीडोलको कृष्ण मन्दिर, वडा नं. ८ मा रहेको महांकाल गणेश, वडा नं. ६ मा रहेको गोरखनाथ बाबा, पञ्चधातुले निर्माण गरिएको गणेश मूर्ति, ब्रम्हायणीको मन्दिर, त्यस्तै वडा नं. ५ धनेश्वर महादेवको मन्दिर, मुक्तिनाथ आदि प्रख्यात छन् । त्यस्तै वडा नं. ४ को पशुपतिनाथको मन्दिर, इच्छेश्वर महादेवको मन्दिर आदि पनि प्रख्यात मन्दिरहरु नै हुन् । त्यस्तै वडा नं. १, २ र ३ मा अवस्थित बाघ भैरवको मूर्ति, फूल्चोकी माई आदि प्रमुख रहेका छन् ।

१२ वर्षे मकरमेला लाग्ने यस नगरमा आफ्नो जीवनमा एक चोटी भएपनि यस ठाउँमा पाइला टेक्नाले जिन्दगीभर गरेको पाप मोचन भई स्वर्गमा बास हुने किंवदन्ति प्रचलित रहि आएको छ । हरेका वर्ष साँखु र भक्तपुरबाट माघव नारायण तथा ब्रतालुहरु यहाँ आई त्रिवेणीधाममा स्नान गर्नाले पनि यस नगरको पवित्रता प्रमाणित हुन्छ । साथै प्रत्येक वर्ष भक्तपुरको नवदुर्गा भवानीको आगमन र १२ वर्षमा त्रीशक्ति हरसिद्धि भवानीको आगमनले पनि यस पावन भूमिको पवित्रतालाई थप उजागर पारेको छ । शक्तिवद्र्धक एवं स्वादिष्ट योमरीको उद्गम स्थल समेत मानिने यस भूमि कला, संस्कृति, रीतिरिवाजले भरिपूर्ण रहेको छ । पाइलै पिच्छे मठ मन्दिर, हप्तै पिच्छे जात्रा पर्व, पनौती नगरको गौरव हो ।

Important Heritage Of Panauti

Image 7

Brahmayani Temple

The Brahmayani Temple (1715), located on the north bank of the Punyamata River within the sacred Tribeni Ghats, holds significant cultural and religious importance. Brahmayani, one of the eight Matrikas worshipped in Nepal, is depicted with four heads and a kalasa pot symbolizing fertility and abundance. Despite her limited popularity, this temple remains a vital site dedicated to her worship.

Image 7

Indreshwor Temple

Indreshwor Mahadev Temple is a magnificent landmark near the Tribeni Ghat, the sacred confluence of three rivers, and one of the main attractions of Panauti. Renowned for its exquisite multi-tiered pagoda-style architecture, the temple stands as one of Nepal's oldest and finest examples of traditional craftsmanship.

Image 7

Unmatta Bhairab Temple

The Unmatta Bhairab Temple is a stunning example of 16th-century traditional Nepalese architecture, showcasing the exceptional craftsmanship of local artisans through its beautifully carved doors and windows. Its intricate design reflects the high level of skill and artistic sensitivity prevalent during that era.